हाम्रो Hackers Chautari भन्ने वेबसाइट छ भनेर मेरो एकजना साथी लाई भन्दा, साथी टोलायो एकछीन, ऊ वाल्ल मलाई हेरी रह्यो अनि बोल्न चाहेन | पर्यो, संकट ! अब के भन्नु ? Hacker भन्ने शब्द सुन्न साथ - कम्प्युटर बिगार्ने, डाटा चोर्ने, पासवोर्ड पत्ता लगाउने, वेबसाइट हरु बिगार्ने भत्काउने.. अर्काको Digital Information misuse गर्ने एस्तै के के झल्यास्स आउछ धेरैको माझमा | आफू यहींको भएकोले यो खालको ब्याख्या सँग म familiar छु | तर 5-6 बर्ष को अनलाईन Discussion forum हरुको अनुभव अनि इन्टरनेट को सुरुवाती दिनका story हरु सुन्दा, पढ्दा यो Hacker भन्ने शब्दको अर्थ हामीले सोचेको जस्तो गलत मात्र नभएर भिन्न खालको सकारात्मक (पनी) छ | र यो Hackers Chautari मा हामी त्यो सकारात्मक सोच उतार्न चाहन्छौं |
त्यस्तो अर्थ जसले, Hacker भनेको जुनसुकै आफ्नो field को expert बुझाउछ | तपाई Software मा expert हुनु हुन्छ भने, तपाई software hacker हो | तपाई Music field को expert हुनुहुन्छ भने तपाई music hacker हो | तपाई Electronics field मा expert हुनु हुन्छ भने, electronics hacker हो | कुन खालको अर्थ बुज्ने हो भन्ने कुरा आफूमा निहित कुरा हो |
हामीले पहिला देखी सोच्दै आएको Hacker भनेको Computer मा भांडभैलो मच्चाउने व्यक्ति हो भन्ने सोच राख्नु हुन्छ भने यी तलका Essay पढ्नुहोस, Hacker News 2-4 बर्ष पद्नुहोस अनि मात्र यो फोरम मा हामीले सोचेको जस्तो contributions देखिन सक्छ |
हाम्रो Hackers Chautari को प्रसङ्ग यी Essay हरुबाट जुरेको हो र Hackers News (http://news.ycombinator.com/) भन्ने अनलाईन Discussion forum बाट प्रभाबित छ |
हामीलाई मन पर्ने अरु केही Online Discussion Forum हरु :